काठमाडौं । इजलासमा बहस पैरवी नगर्ने भनेर आन्दोलन गरिरहेका बार नेतृत्व र बरिष्ठ अधिवक्ताहरुले मुद्दा नहेरेमा आफूहरुले निःशुल्क रुपमा पीडितका मुद्दा हेरिदिने भनेर स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानका अधिवक्ताहरुले सार्वजनिक रुपमा सूचना विज्ञप्ति जारी गर्दै पीडितहरुलाई सम्पर्कमा आउन भनेका छन् ।
आज अभियानको तर्फबाट सार्वजनिक विज्ञप्ती जारी गर्दै बार नेतृत्वको आन्दोलनलाई, नक्कली आन्दोलनको उपहासको संज्ञा दिदै उनीहरुले आम जनताका मुद्धाहरु निशुल्क रुपमा हामी हेर्छो भन्ने उदघोष गरेका छन । स्वतन्त्र कानून व्यवसायी अभियानका संयोजक स्वागत नेपालले सेटिङ्ग र विचौलियामार्फत मुद्दा हेर्न दाउ खोजीरहेकाहरुको साथ छोडेर स्वतन्त्र रुपमा पारदर्सीढंगबाट मुद्दामा वहस पैरवी गर्ने स्वतन्त्र कानून व्यवसायीको सम्पर्कमा आउन पनि आव्हान गरेका छन् । अभियानमा आवद्ध वकीललेहरुले बन्दीका पेशी समेत हटाएर कानून व्यवसायीहरुले अर्को ठूलो अपराधीक कार्य गरेको र त्यस्ता कानून व्यवसायीबाट पीडितहरु झन् पीडित भएकाले तुरुन्त तेस्ता कानून व्यवसायीहरुबाट मुद्धा झिकेर निशुल्क वहस पैरवीका लागी स्वतन्त्र कानून व्यवसायीको साथमा आउन आव्हान गरिएको छ ।
साथै आफै बन्दीका मुद्दा हटाउने कानून व्यवसायीहरु विरुद्ध मानव अधिकारको गम्भिर उल्लंघनको अभियाजन अघि सार्ने पनि स्वतन्त्र कानून व्यवसायी अभियानका संयोजक नेपालले वताएका छन् । विज्ञप्तीमा त्यसरी पीडित परिवारहरुलाई सम्पर्क गर्नका लागि अधिवक्ता तथा वरिष्ठ अधिवक्ताहरुको फोन नम्बरहरु पनि उपलब्ध गराएको छ । विज्ञप्तीमा भनिएको छ …..
FACEBOOK COMMENTS