काठमाडौं । भारतले अमेरिकालाई १६२ रनको लक्ष्य दिएको छ ।
जारी टी–२० विश्वकपमा भारतले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको हो । भारतका लागि कप्तान सूर्यकुमार यादवले अविजित ८४ रन बनाए भने तिलक बर्माले २५ र इशान किशनले २० रनको योगदान दिएका थिए । त्यस्तै अक्सर पटेलले १४ रन बनाएका थिए ।
त्यस्तै अमेरिकाका बलर शाडली भ्यान शाल्कविकले ४ विकेट लिए भने हरमित सिंहले २ विकेट लिएका थिए । त्यस्तै अली खान र मोहमद मोहसिनले एक एक विकेट लिएका थिए ।
FACEBOOK COMMENTS