काठमाडौँ । भारतले जारी टी(२० विश्वकपमा लगातार चौथो जित हासिल गरेको छ ।
गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा भारतले नेदरल्याण्डसलाई १७ रनले पराजित गरेको हो । भारतले दिएको १९४ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले २० ओभरमा ७ विकेट गुमाउदै १७६ रन बनाएको हो ।
यसअघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो ।
योसँगै भारतले लगातार ४ खेल जितेर ८ अंकसहित समुहमा शिर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ । त्यस्तै नेदरल्याण्डसको भने ४ खेलमा एक जित र ३ हारसहित २ अंक हासिल गरेर समुह चरणबाट विश्वकप यात्रा समाप्त भएको छ ।
समुह ए बाट भारत र पाकिस्तान सुपर आठमा पुगेका छन्

FACEBOOK COMMENTS