काठमाडौ । अवैध रुपमा २ करोड रुपैयाँबढीको सुन चाँदीको कारोबार गर्ने ९ जना भारतीयलाई नगदसहित प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंका विभिन्न स्थानमा सुन तथा चाँदीको अबैध कारोबार गर्ने ९ भारतीयलाई जिल्ला प्रहरी परिसर, काठमाडौ र प्रहरी वृत्त बौद्वको टोलीले नगदसहित पक्राउ गरेको हो ।
प्रहरीले ९ जनालाई जोरपाटी, कपन र चाबहिलबाट पक्राउ गरेको हो ।
प्रहरीले बिभिन्न सुन रिफाईनिङ एण्ड टंच सेन्टरहरुमा खानतलासी गर्दा बिल बिजक बिनाको १ करोड ७० लाख १० हजार ६० रुपैयाँको सुन, ३० लाख ९ हजार ९१ रुपैयाँको चाँदी, ८ लाख २७ हजार ५ सय नेपाली रुपैयाँ र ११ हजार ७ सय रुपैयाँ भारुसहित ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने सबै भारतको महारष्ट्रका रहेकाछन् । भारतको महारष्ट्र घरभई हाल गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी बस्ने ३० बर्षका नबनाथ बाकु कसीद, सोही स्थान बसोबास भएका २० बर्षका सन्दिप पोपट हजारे, चावहिल बस्ने २२ बर्षका अन्सार दिलावर सिकल्गार, चावहिल बस्ने १८ बर्षका सुरज राजेश मदने रहेका छन् ।
यस्तै बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने २१ बर्षका अरमान हनिफ ईनामदाय, बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने २२ बर्षका मनोज सुभाष सकट, काठमाडौं ७ बस्ने ३८ बर्षका अमोल कुमार गोस्ले, चावहिल बस्ने २० बर्षका सुनिल मिटकरी र चावहिल बस्ने २० बर्षका सुरज नन्दीवाली रहेका छन् ।

उनीहरुलाई थप अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
