काठमाडौं, ५ भदौ । कारोना भाइरस (कोभिड–१९) विरुद्ध भारतले आफ्नो देशमा निर्मित डीएनए खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
भारतले डीएनए खोप प्रयोगका लागि दिएको यो अनुमति विश्वमै पहिलो भएको दाबी गरिएको छ । क्याडिला हेल्थकेयरले गरेको एक अध्ययनमा तीन मात्रा दिनुपर्ने जाईकोभ–डी नामको खोप मानिसमा ६६ प्रतिशत संक्रमणमुक्त भएको जनाएको छ ।
भारतमा निर्माण हुन लागेको यो दोस्रो खोप हो । कम्पनीले वर्षमा एक करोडभन्दा माथि खोप उत्पादन गर्ने योजना बनाएको बीबीसीले जनाएको छ । भारतमा अहिले कोभिडविरुद्ध कोभिसील्ड, कोभ्याक्स र स्पुतनिक पाँच खोप प्रयोग भईरहेको छ ।
भारतमा पहिलोपटक १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीमा कोभिड–१९ विरुद्धको खोप परीक्षण गरिएको हो ।
FACEBOOK COMMENTS