काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) ले महिला क्रिकेटरहरूको घरेलु खेल फिस बढाउने निर्णय गरेको छ ।
क्रिकबजका अनुसार, महिला खेलाडीहरूले अब प्रथम श्रेणी र एकदिवसीय खेलको लागि ५० हजार भारु पाउनेछन् भने टी–२० खेल खेलेको लागि २५ हजार पाउनेछन् । बोर्डले पहिले नै अन्तर्राष्ट्रिय खेलको लागि महिला खेलाडीहरूको शुल्क पुरुष खेलाडीहरूसँग बराबर गरिसकेको छ ।
योसँगै अब, घरेलु क्रिकेटमा महिला र पुरुष खेलाडीहरूलाई समान खेल फिस दिइनेछ । एकदिवसीय र प्रथम श्रेणी क्रिकेटमा प्लेइङ एघारको हिस्सा रहेका खेलाडीहरूले ५० हजार पाउनेछन्, जबकि बेन्चमा रहेका खेलाडीहरूले २५ हजार पाउनेछन् । टी–२० खेलमा प्लेइङ एघारमा रहेका खेलाडीहरूले २५ हजार पाउनेछन्, जबकि बेन्चमा रहेका खेलाडीहरूले १२ हजार ५०० पाउनेछन् ।
पहिले महिला खेलाडीहरूले टी–२०, एकदिवसीय र प्रथम श्रेणी खेलहरूमा प्लेइङ इलेभेनको भाग भएबापत २० हजार मात्र पाउँथे भने बेन्चमा रहेका खेलाडीहरूलाई १० हजार दिइन्थ्यो ।
त्यस्तै बोर्डले राज्य र क्षेत्रीय टोलीहरूको लागि खेल्ने जुनियर खेलाडीहरूको खेल शुल्क पनि बढाइएको छ । अब, एकदिवसीय र प्रथम श्रेणी खेलहरूमा प्लेइङ इलेभेनमा रहेका खेलाडीहरूले २५ हजार पाउनेछन्, र बेन्चमा रहेका खेलाडीहरूले १२ हजार ५०० पाउनेछन् । टी(२० खेलहरूको लागि, प्लेइङ इलेभेनमा रहेका खेलाडीहरूले १२ हजार ५०० पाउनेछन् र अतिरिक्त खेलाडीहरूले ६ हजार २५० पाउनेछन् ।

त्यस्तै बोर्डले पहिले घरेलु सिजनको लिग चरणमा खेलेबापत वरिष्ठ महिला खेलाडीहरूले २ लाख पाउने गरेको बताएको छ । अब, खेलाडीहरूले चार एकदिवसीय खेल खेले बापत २ लाख पाउने छन् । खेलाडीहरूले अब एक सिजनको लागि ५ देखि ७ लाख कमाउनेछन् । खेलहरूको संख्या बढ्दै जाँदा खेलाडीहरूको कमाई पनि बढ्ने भएको छ ।


FACEBOOK COMMENTS