काठमाडौँ । जारी भारतविरुद्धको पाँचौ टेस्टमा इङल्याण्डलाई ठुलो झट्का लागेको छ ।
टेस्टको पहिलो दिन घाइते भएका तिब्र गतिका बलर क्रिस वोक्स अब यस टेस्टको बाँकी दिन खेल्न नसक्ने भएका छन् । इङल्याण्ड क्रिकेट बोर्डले वोक्सले यस टेस्टमा अब अगाडी खेल्न नसक्ने जानकारी दिएको हो।पहिलो दिनको खेलमा विहिबार करुण नायरको प्रहारमा बाउन्ड्री बचाउने प्रयास गर्दा वोक्स घाइते भएका थिए र मैदान छोड्नु परेको थियो ।वोक्सले यस टेस्टमा अहिलेसम्म १४ ओभर बलिङ गरेका छन् र ४६ रनमा केएल राहुलको महत्त्वपूर्ण विकेट लिएका थिए ।
वोक्सको चोटले इङल्याण्डको समस्या बढेको छ । यस टेस्टमा इन्जुरीका कारण कप्तान बेन स्टोक्स सहित केही प्रमुख खेलाडीहरू बाहिर रहेको बेला वोक्सलाई गुमाउनु इङल्याण्डका लागि ठुलो झट्का मानिएको छ ।ओभल टेस्टको पहिलो दिन बर्षाका कारणले केवल ६४ ओभरको खेल सम्भव भएको थियो । टस हारेर पहिला ब्याटिंग गरेको भारतले पहिलो दिन ६ विकेट गुमाएर २०४ रन बनाएको छ । करुण नायर ५२ र वाशिंगटन सुन्दर १९ रनमा अविजित रहेका छन् ।
FACEBOOK COMMENTS