काठमाडौं , भारतले नेपाललाई अनुदानस्वरुप १ सय ५० आइसीयू बेड सहयोग गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भारतीय राजदूत विनयमोहन क्वात्राले आइसीयु हस्तान्तरण गरेका हुन् आइसीयू हस्तान्तरण कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना महामारीसँग जुध्न भारत लगायत अन्य छिमेकी राष्ट्रलाई सहयोग गर्न आग्रह गरे ।
भारत र नेपालबीचको सम्बन्ध छिमेकीको मात्रै नभएर जनता–जनता बीचमा समेत निकट सम्वन्ध रहेको उनले बताए । कोरोनाभाइरस (कोभिड १९) सँग जुध्नका लागि भारतसँग अझै सहयोगको अपेक्षा गरेको उनले बताए ।यस्तै आइसीयू हस्तान्तरण गर्दै भारतीय राजदूत क्वात्राले (कोभिड—१९) विरुद्ध लड्न नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा १० लाख कोभिशिल्ड खोप भारतले नेपाललाई कहिले उपलब्ध गराउँछ भन्ने पत्रकारको प्रश्नमा भने क्वात्राले स्पष्ट जवाफ दिएनन् ।
FACEBOOK COMMENTS