काठमाडौं । भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमानले आज भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत साम्रगी लिएर नेपाल आइपुगेको छ ।
राहत सामग्रीमा कम्बल, स्लीपिङ्ग ब्याग, त्रिपाल, अत्यावश्यक चिकित्सा सामग्री रहेका छन् । पहिलो रेस्पोन्डरको रुपमा भारतले नेपालका भूकम्प प्रभावित परिवारका लागि भारतीय वायु सेनाको विशेष विमानका तीन वटा फ्लाइटमार्फत ३३ टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ ।
भूकम्प प्रभावित परिवारका अत्यावश्यक आवश्यकताहरु पुरा गर्न राहत सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण जस्तैं शल्यचिकित्सा सम्बन्धीउपकरण, पोर्टेबल भेन्टिलेटर तथा सरसफाई सामग्री रहेका थिए ।
FACEBOOK COMMENTS