काठमाडौं । भारतीय सेनाले गत २२ अप्रिलमा जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलापछि पाकिस्तानविरुद्ध थालेको कारबाही ‘अपरेशन सिन्दूर’ को भिडिओ जारी गरेको छ ।
सेनाले आज शनिबार ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तानविरुद्ध भइरहेको कारबाहीको भिडिओ जारी गरेको हो ।
भारतले आफूविरुद्धको आक्रमणमा पाकिस्तानले ‘हाई स्पीड मिसाइल’ प्रयोग गरेको दाबी गरेको छ ।
आजआयोजित पत्रकार सम्मेलनमा भारतीय स्थल सेनाकी कर्णेल सोफिया कुरैशीले पञ्जाबको सैन्य अड्डामा पाकिस्तानले उच्च गतिको मिसाइल प्रहार गरेको तर भारतले त्यसलाई निष्क्रिय पारेको बताइन् ।
उनका अनुसार पाकिस्तानले पञ्जाबको हवाई अड्डामा भारतीय समयअनुसार शनिबार राति १ बजेर ४० मिनेटमा उच्च गतिको मिसाइल दागेको थियो ।
यसैबीच, पाकिस्तानले भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको दाबी गरेको छ ।
आफूविरुद्ध भारतको ‘अपरेशन सिन्दूर’ को जवाफमा पाकिस्तानले भ ‘अपरेशन बुनयान उल मर्सुस’ सुरु गरेको हो ।
भिडिओ हेर्न तलको लिङ्क थिच्नुहोस्–
OPERATION SINDOOR
![]()
Indian Army Pulverizes Terrorist Launchpads
![]()
As a response to Pakistan’s misadventures of attempted drone strikes on the night of 08 and 09 May 2025 in multiple cities of Jammu & Kashmir and Punjab, the #Indian Army conducted a coordinated fire assault on… pic.twitter.com/2i5xa3K7uk
— ADG PI – INDIAN ARMY (@adgpi) May 10, 2025
यी समाचारहरू पनि पढ्नुहोस्–
भारतको ‘अपरेशन सिन्दूर’ विरुद्ध पाकिस्तानले थाल्यो ‘अपरेशन बुनयान उल मरसुस’
परराष्ट्र मन्त्रालयले भन्यो– पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौँ
पाकिस्तानसँग बढ्दो तनावबीच भारतीय राजदूतले भेटे प्रधानमन्त्री ओली
‘अघोषित युद्ध’ मा छन् भारत र पाकिस्तान, नेपालमा सम्भावित प्रभावको पूर्वतयारी खोइ ?
FACEBOOK COMMENTS