काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान ‘तत्काल र पूर्ण युद्धविराम’ का लागि तयार भएको घोषणा गरेका छन् ।
आज शनिबार सामाजिक सञ्जाल ‘एक्स’ मा उनले अमेरिकाको मध्यस्थतामा रातभरको लामो वार्तापछि दुई देशले युद्धविरामको सहमति गरेको उनले उल्लेख गरेका छन् ।
ट्रम्पले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरको लामो वार्तापछि म यो घोषणा गर्न पाउँदा हर्षित छु कि भारत र पाकिस्तानले पूर्ण र तत्काल युद्धविराममा सहमति जनाएका छन् । सामान्य ज्ञान र उत्कृष्ट बुद्धिमत्ता प्रयोग गरेकोमा दुवै देशलाई बधाई ! यस मामिलामा तपाईंहरूको ध्यानाकर्षणका लागि धन्यवाद !’
FACEBOOK COMMENTS