काठमाडौं । भारत र पाकिस्तानबीचको युद्धविराम सहमति आजैदेखि लागू भएको छ । भारतीय समयअनुसार शनिबार साँझ ५ बजेदेखि युद्धविराम सहमति लागू भएको हो ।
भारतका विदेशसचिव विक्रम मिस्रीले शनिबार एक संक्षिप्त बयानमा भारत र पाकिस्तानबीच युद्धविराममा सहमति भएको जानकारी दिए ।
‘पाकिस्तानका सैन्य अभियान निर्देशक (डायरेक्टर जनरल अफ मिलिट्री अपरेसन्स) ले भारतीय समयअनुसार दिउँसो ३ बजेर ३५ मिनेटमा भारतका सैन्य अभियान निर्देशकलाई फोन गरेका थिए,’ उनले भने, ‘दुवै पक्षले भारतीय समयअनुसार साँझ ५ बजेदेखि जमिन, हावा र समुद्रमा सबै प्रकारका गोलाबारी र सैन्य कारबाही रोक्नेमा सहमति जनाएका छन् ।’
उनले दुवै पक्षलाई सहमतिअनुसार कार्य गर्न निर्देशन भइसकेको भन्दै दुवै देशका सैन्य अभियान निर्देशकले १२ मेमा दिउँसो १२ बजे यस विषयमा फेरि छलफल गर्ने बताए ।
आजै केही समयअगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानी उपप्रधानमन्त्री इसहाक डारले पनि युद्धविराममा सहमति भएको जानकारी दिएका थिए ।

अमेरिकाको मध्यस्थतामा पाकिस्तान र भारत ‘तत्काल र पूर्ण’ युद्धविरामका लागि सहमत भएका हुन् ।

यी समाचारहरू पनि पढ्नुहोस्–

भारत र पाकिस्तान दुवैले भने– युद्धविराम गर्ने सहमति भयाे

भारत र पाकिस्तान ‘तत्काल पूर्ण युद्धविराम’ का लागि तयार भएको ट्रम्पको घोषणा
भारतको ‘अपरेशन सिन्दूर’ विरुद्ध पाकिस्तानले थाल्यो ‘अपरेशन बुनयान उल मरसुस’
परराष्ट्र मन्त्रालयले भन्यो– पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौँ
पाकिस्तानसँग बढ्दो तनावबीच भारतीय राजदूतले भेटे प्रधानमन्त्री ओली
‘अघोषित युद्ध’ मा छन् भारत र पाकिस्तान, नेपालमा सम्भावित प्रभावको पूर्वतयारी खोइ ?
FACEBOOK COMMENTS