काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराममा सहमतिपछि सोमबार साँझ ५ बजे दुवै देशका सैन्य अभियान निर्देशक (डाइरेक्टर जनरल अफ मिलिट्री अपरेशन्स) बीच वार्ता भयो ।
भारतीय सेना स्रोतका अनुसार उक्त वार्तामा दुवै पक्षले गोलाबारीसहित कुनै पनि प्रकारका आक्रामक कारबाही नगर्नेलगायत विषयमा छलफल भएको छ ।
दुवै पक्षले सीमा क्षेत्र र अग्रिम मोर्चाबाट सैनिक सङ्ख्या घटाउन तुरुन्त कदम चाल्ने विषयमा विचार गर्ने सहमति भएको छ ।
त्यसअघि सोमबार नै एक पत्रकार सम्मेलनमा भारतीय डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घोईले पाकिस्तानी वायुसेनाले भारतको बहुस्तरीय वायुरक्षा प्रणालीलाई भेद्न सक्ने वा भारतीय हवाई अड्डा र लजिस्टिक इन्टेलिजेन्सलाई निशाना बनाउन सक्ने कुनै सम्भावना नरहेको बताएका थिए ।
यसैबीच, भारतीय सेनाले सोमबार राति जम्मू–कश्मीरको साम्बा क्षेत्रमा केही सन्दिग्ध ड्रोन देखिएको बताएको थियो ।
पहलगाममा भएको आतङ्कवादी हमलापछि दुवै देशबीच चार दिनसम्म सैन्य सङ्घर्ष चलेकोमा १० मेमा यसलाई रोक्ने सहमति भएको थियो ।
यी समाचारहरू पनि पढ्नुहोस्–
भारत र पाकिस्तान ‘तत्काल पूर्ण युद्धविराम’ का लागि तयार भएको ट्रम्पको घोषणा
भारतले भन्यो– पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन
भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेपछि दुवै देशलाई अमेरिकाको फोन
भारतको ‘अपरेशन सिन्दूर’ विरुद्ध पाकिस्तानले थाल्यो ‘अपरेशन बुनयान उल मरसुस’
परराष्ट्र मन्त्रालयले भन्यो– पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौँ
पाकिस्तानसँग बढ्दो तनावबीच भारतीय राजदूतले भेटे प्रधानमन्त्री ओली
‘अघोषित युद्ध’ मा छन् भारत र पाकिस्तान, नेपालमा सम्भावित प्रभावको पूर्वतयारी खोइ ?
FACEBOOK COMMENTS