काठमाडौँ । एसीसी पुरुष यू–१९ एशिया कपको उपाधि पाकिस्तानले जितेको छ । आइतबार भएको फाइनल खेलमा भारतलाई १९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानले उपाधि जितेको हो ।
पाकिस्तानले दिएको विशाल ३४८ रनको लक्ष्य पछाएको भारत २६.२ ओभरमा अलआउट हुदै १५६ रन बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले समीर मिनहासको १७२ रनको शतकीय पारीको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाउदै ३४७ रन बनाएको थियो ।
पाकिस्तानले योसँगै दोस्रो पटक यू–१९ एशिया कपको उपाधि जितेको छ । यू–१९ एशिया कपको उपाधि सबैभन्दा बढी भारतले ८ पटक जितेको छ भने बंगलादेशले पनि २ पटक जितेको छ । त्यस्तै अफगानिस्तानले पनि एक पटक यो उपाधि जितेको छ ।
यस एशिया कपमा नेपालले पनि भाग लिएको थियो । नेपालले समुह चरणका सबै खेलमा हार बेहोर्दै बाहिरिएको थियो ।
FACEBOOK COMMENTS