एजेन्सी । भारतले ‘अपरेशन सिन्दूरु’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ ।
भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंककारी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो।
यो कारबाही अप्रिल २२ मा भारत(नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो । जसमा एक नेपालीसहित २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ।
आक्रमण पूर्णरूपमा लक्षित र सटीक छन् । चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरे । बलियो जवाफ दिने चेतावनी दिए ।
संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। उसले भनेको छ, ूदुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ।ू
FACEBOOK COMMENTS