काठमाडौं । खेलका क्रममा घाइते भएर अस्ट्रेलियामा उपचारत रहेका भारतीय क्रिकेटर श्रेयस अय्यरको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको छ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्डले अय्यरको चोटमा सुधार भएको जानकारी दिदै अस्पतालबाट डिस्चार्ज गरिएको बताएको छ ।
बोर्डका सचिव देवजित सैकियाले अय्यरको स्वास्थ्य स्थिर र राम्रोसँग निको भइरहेको बताएका छन् । उनले भनेका छन्– ’सिड्नी र भारतका विशेषज्ञहरू सहित बोर्डका मेडिकल टोली अय्यरको स्वास्थ्यलाभबाट सन्तुष्ट छन् । उनलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको छ ।’
अय्यर अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा फिल्डिङ गर्दा घाइते भएका थिए र अस्पताल भर्ना भएका थिए । श्रेयसको पेटको तल्लो भागमा चोट लागेको थियो ।रे।
अय्यर थप स्वास्थ्य परिक्षण र परामर्शको लागि केही समय सिड्नीमै रहने र उडानको लागि फिट भएपछि भारत फर्कने बोर्डले जानकारी दिएको छ ।

FACEBOOK COMMENTS