काठमाडौं । भारतीय क्रिकेटर रिंकू सिंहका बुवा खानचंद सिंहको निधन भएको छ । उनको ग्रेटर नोएडा स्थित यथार्थ अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
खानचंद सिंह स्टेज–४ लिभर क्यान्सरबाट पीडित थिए । बुवाको अवस्था गम्भीर भएको जानकारी पाएपछि रिंकू सिंह टी– २० विश्वकप खेलिरहेको टिम छोडेर अस्पताल पुगेका थिए ।
तर जिम्बाब्वेविरुद्धको खेलअघि पुन: टोलीसँग फर्किएका थिए । बुवाको निधनको खबर पाएपछि रिंकू तुरुन्तै फर्किरहेको बताइएको छ । उनले भारतका विश्वकपका बाँकी खेल खेल्ने नखेल्ने बारे स्पष्ट भएको छैन ।
खानचंद सिंह उत्तर प्रदेशको अलीगढ़मा गैस एजेंसीमा सिलिन्डर वितरण गर्ने काम गर्थे । आर्थिक कठिनाइका बाबजुद पनि उनले आफ्ना छोरा रिंकूको क्रिकेटर बन्ने सपना पूरा गर्न पुरा सहयोग गरेका थिए । रिंकू सिंहले पछिल्ला वर्षहरूमा भारतीय क्रिकेटमा आफ्नो पहिचान बनाएका छन्। उनी विस्फोटक ब्याटिङ र खेल जिताउने पारिहरूका लागि परिचित छन् ।
FACEBOOK COMMENTS