काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहको अभिव्यक्ति विवादमा परेको छ ।
राजनाथ सिंहले पाकिस्तानको सिन्ध प्रान्त भारतमा फर्किन सक्ने विवादित बयान दिएपछि पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले आइतबार भारतीय रक्षामन्त्री राजनाथ सिंहको बयानको निन्दा गरेको छ । मन्त्रालयले उनको खतरनाक रूपमा विकृतु बयानले विस्तारवादी मानसिकता प्रतिबिम्बित गरेको बताएको छ ।
राजनाथ सिंहले भनेका थिए( सिन्धको भूमि आज भारतको हिस्सा नहुन सक्छ, तर सभ्यताको दृष्टिकोणबाट यो सधैं भारतको हिस्सा रहनेछ।
जहाँसम्म भूमिको सवाल छ, सीमाहरू परिवर्तन हुन सक्छन् । कसलाई थाहा छ, सिन्ध भोलि भारतमा फर्कन सक्छ ।

राजनाथ सिंहको बयानको बारेमा पाकिस्तानले भन्यो यस्ता बयानहरूले स्थापित वास्तविकताहरूलाई चुनौती दिने र अन्तर्राष्ट्रिय कानून, मान्यता प्राप्त सीमाहरू र देशहरूको सार्वभौमसत्ताको उल्लङ्घन गर्ने विस्तारवादी हिन्दुत्व मानसिकतालाई प्रतिबिम्बित गर्दछ ।

पाकिस्तानको विदेश मन्त्रालयले भन्यो हामी राजनाथ सिंह र अन्य भारतीय नेताहरूलाई क्षेत्रीय शान्ति र स्थिरतालाई खतरामा पार्ने उत्तेजक बयान दिनबाट टाढा रहन अपील गर्दछौं ।

FACEBOOK COMMENTS