काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री चाँडै नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ।
विदेश सचिव मिस्रीले नेपाल आएपछि नयाँ सरकारलाई बधाई सन्देश दिने र प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय टुङ्गो लगाउने बताइएको छ ।
उनले भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरूसँग मन्त्रालयमा कुराकानी गर्दै छिट्टै नेपाल आउने योजना रहेको तर मिति भने अझै तय नभएको उनले बताए । साथै उनले नेपालका परराष्ट्रमन्त्रीसँग यसबारे निरन्तर छलफल भइरहेको पनि बताए।