काठमाडौं । अस्ट्रेलियाले भारतविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई २ विकेटले पराजित गरेको हो ।
भारतले दिएको २६५ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४६.२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
अस्ट्रेलियाका लागि माथ्यु शर्टले सर्बाधिक ७४ रन बनाए भने कूपर कोन्नोलीले अविजित ६१ रन बनाएका थिए । त्यस्तै भारतीय बलर अर्शदीप सिंह, हर्षित राना र वाशिंटन सुन्दरले २-२ विकेट लिए भने मोहमद सिराज र अक्सर पटेलले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउदै २६४ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले सर्बाधिक ७३ रन बनाएका थिए भने श्रेयस अय्यरले ६१, अक्सर पटेलले ४४ रन बनाएका थिए ।
त्यस्तै अस्ट्रेलियाका बलर एडम जाम्पाले ४ विकेट लिएका थिए भने जेभियर बार्टलेटले ३ तथा मिचेल स्टार्कले २ विकेट लिएका थिए । यो जितसँगै तीन खेलको सिरिजमा लगातर दोस्रो जित हासिल गर्दै सिरिज एक खेल अघि नै जितेको छ । अब सिरिजको तेस्रो खेल शनिबार हुदैछ ।
FACEBOOK COMMENTS