काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद व्यक्त गरेका छन् । सहकार्यको प्रस्ताव गरेका मोदीलाई बालेनले धन्यवाद दिएका हुन् ।
सामाजिक सञ्जाल एक्समा भारतीय प्रधानमन्त्री मोदीले दिएको बधाई सन्देशमा उनले धन्यवाद व्यक्त गरेका हुन् । नेपाल र भारतबीच घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई परिणामुखी बनाउन सहकार्य गर्ने विश्वास बालेनले व्यक्त गरेका छन् ।
“नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु,“ धन्यवाद व्यक्त गर्दै बालेनले भनेका छन् ।
बालेनले लगातार दुईपटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गरेका छन् । मार्च ८ मा सम्पन्न टी–२० विश्वकपमा न्युजिल्यान्डलाई पराजित गर्दै भारतले लगातार दुईपटक र समग्रमा तीनटक टी–२० विश्वकपको उपाधि उचालेको थियो ।
मोदीले आफ्नो फेसबुक पेजबाट बालेन र रास्वपा सभापति रवि लामिछानेलाई आम निर्वाचनमा जित हासिल गरेकोप्रति बधाइ दिएका थिए । रविले पनि मोदीलाई जवाफ दिइसकेका छन् ।

FACEBOOK COMMENTS