काठमाडौं । रूसको राजधानी मस्कोस्थित विमानस्थलमा युक्रेनले घातक ड्रोन आक्रमण गरेको छ ।
भारतीय सांसदसहित प्रतिनिधिमण्डलको जहाज अवतरण हुनैलाग्दा मस्को विमानस्थलमा सो ड्रोन आक्रमण भएको हो । विमानस्थलमा भएको आक्रमणपछि मस्को विमानस्थलको आसपास लामो समयसम्म जहाजहरू आकाशमै चक्कर लगाउन बाध्य भए ।
नवभारत टाइम्सका अनुसार रूसको यात्रामा गएको भारतीय प्रतिनिधिमण्डलको विमान अवतरण हुनैलाग्दा उक्त आक्रमण भएको हो । सो विमानमा डीएमके सांसद कनिमोई करुणानिधि पनि सवार थिइन् । यद्यपि, उनीहरू सवार विमान सुरक्षित रूपमा अवतरण भएको बताइएको छ ।
समाचार अनुसार सांसद कनिमोईको नेतृत्वमा रूस यात्रामा गएको भारतीय प्रतिनिधिमण्डललाई लामो समयसम्म आकाशमै चक्कर लगाउन बाध्य बनाइएको थियो ।
रूसी अधिकारीहरूका अनुसार, मध्यरातदेखि मस्कोतर्फ आइरहेका २३ ड्रोनहरूलाई आकाशमै खसालिएको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले टेलिग्राममा पोस्ट गर्दै लेखेका छन्, ‘आपतकालीन सेवाका विशेषज्ञहरू खसेको मलबा भएको स्थानमा कार्यरत छन् ।’
FACEBOOK COMMENTS