काठमाडौं । कोरोना संक्रमण दैनिक रुपमा बढदै जाँदा सरकारले निषेधाज्ञालाई झनै कडा बनाउने संकेत देखिएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोनाको तेस्रो लहर आउन लागेको भन्दै भीडभाडजन्य क्रियाकलाप गर्ने, सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठि तथा र्याली नगर्न आग्रह गरेको छ । प्रशासनले विज्ञप्ति जारी गर्दै निषेधाज्ञा जारी रहेको तथा संक्रमणको जोखिम उच्च रहेको बेलामा यस्ता गतिविधि नगर्न भनेको छ । जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्ंलघन गरेमा कानून बमोजिक कारबाही गर्ने प्रशासनले जनाएको छ । कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य मापदण्ड पुरागर्न सबैलाई आग्रह गरेको छ । प्रशासनका अनुसार पछिल्लो समयमा कोरोना बढिरहेको, अस्पतालमा बिरामीको चाप बढेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ । निषेधाज्ञा कडा बनाउने संकेत, कोरोनाको तेस्रो लहर आउन लागेको भन्दै सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठि तथा र्याली नगर्न आग्रह
FACEBOOK COMMENTS