काठमाडौं । इन्दिरा आईभीएफले एक महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा तीन दम्पतीहरूको गर्भावस्थाको पुष्टि गर्दै आफ्नो पहिलो तीन इन भिट्रो फर्टिलाइजेसन केसहरूको सफलताको घोषणा गरेको छ । दम्पतीहरूको धैर्य र इन्दिरा आईभीएफका अनुभवी टोलीको समर्पणको मर्म बोकेका यी कथाहरू विशेष अनि प्रेरणादायी छन् ।
पहिलो केसमा, एक २६ वर्षीया महिला पहिलेदेखि नै रहेको मुटुको समस्या, अन्य स्वास्थ्य समस्याहरू र अघिल्लो गर्भपातको कारण रहेको तीन वर्षदेखिको बाँझोपनको पीडाको सामना गर्दागर्दै पनि सान्त्वना र मार्गदर्शनको खोजीमा इन्दिरा आईभीएफमा आइपुगेकी थिइन् ।
प्रारम्भिक जाँचमा उनीसँग सामान्य भन्दा कम अण्डाहरू रहेको संकेत स्वरूप एन्टि–मुलेरियन हर्मोन (एएमएच) को स्तर कम देखिएको थियो ।
दोस्रो केसमा, एक ४२ वर्षीया महिलाले रजोनिवृत्ति र एएमएच अति कम स्तरमा पुग्दा सात वर्षदेखि जटिल बाँझोपनसँग संघर्ष गर्दै आएकि थिइन् । आईयुआईको चार चक्र र आईभीएफको एक चक्रको असफल प्रयासपछि उनी सहयोग खोज्दै क्लिनिकमा आइपुगेकी थिइन् । विगतका निराशाहरूको बावजुद उनको मातृत्वको यात्राले इन्दिरा आईभीएफमा पुगेर एक आशाजनक मोड लिएको थियो ।
त्यस्तै, तेस्रो केस ४४ वर्षीया रजोनिवृत्तिमा प्रवेश गरेकी महिलाको थियो जसमा डिम्बाशय सामान्यभन्दा सानो हुने बाइल्याटरल एट्रोफिक ओभरीको समस्या रहेको थियो ।
केहि असफल आईयूआई प्रयासहरू समावेश रहेको उनको मेडिकल हिस्ट्री अनुसार उनको श्रीमानमा पनि शुक्राणु संख्या कम हुने एजुस्पर्मियाको समस्या थियो ।
यसले पनि उनीहरूको प्रजनन समस्यामा थप जटिलता थपेको थियो। उमेर र अति कम एएमएच स्तरका कारण उनको प्राकृतिक प्रजनन क्षमतामा ह्रास आएको थियो। यी चुनौतीहरूका बावजुद क्लिनिकबाट प्राप्त सहायताले उनीहरूको आशा पनि जीवित रहन पुगेको थियो ।
वरिष्ठ प्रजनन विशेषज्ञ र इन्दिरा आईभीएफकि केन्द्र प्रमुख डा। नेहा होमागाईको नेतृत्वमा रहेको टोलीले यी दम्पतीहरूले लामो समयदेखि भोगिरहेको भावनात्मक र शारीरिक कष्टलाई विचार गरेर ती दम्पतीका लागि उनीहरूको विशिष्ट चिकित्सा पृष्ठभूमि अनुरूप नै पर्सनालाइज्ड आईभीएफ योजनाहरू प्रदान गरेका थिए ।
‘यी सफल केसहरू टिमवर्कका परिणाम हुन् । हामी यी सफल दम्पतीहरूको खुसीमा साथै छौं र उनीहरूको अभिभावकत्वको सपना पूरा गर्न समर्पित हाम्रो अनुभवी टोलीप्रति मलाई गर्व छ । यस्ता कथाहरूले हामीलाई अत्यन्त करुणा र विशेषज्ञताका साथ उन्नत प्रजनन उपचारहरू जारी राख्न थप उत्प्रेरित गर्दछ ।’ डा. नेहा होमागाईले बताए ।
२७०० भन्दा बढी व्यक्तीहरूको समर्पित टोलीको साथ भारतमा १३० भन्दा बढी केन्द्रहरू सञ्चालन गर्दै आएको इन्दिरा आईभीएफले भारतमा प्रत्येक वर्ष ४०,००० भन्दा ज्यादा प्रभावशाली आईभीएफ प्रक्रियाहरू सञ्चालन गर्छ ।
अत्याधुनिक प्रजनन समाधानहरू प्रदान गर्न सधैं अग्रसर इन्दिरा आईभीएफ देशका आशावादी अभिभावकहरूको आकांक्षालाई साकार पार्न अटल समर्पणका साथ नेपालमा प्रवेश गरेको छ ।
केन्द्रका सबै डाक्टरहरूले भारतमा अवस्थित इन्दिरा फर्टिलिटी एकेडेमीबाट बृहत् प्रशिक्षण अनुभव लिएका छन् । उनीहरु बाँझोपनको सबैभन्दा जटिल केसहरू ह्यान्डल गर्न तयार छन् भने प्रजनन हेरचाहमा नवीनतम प्रविधिहरू संचालन गर्न पनि माहिर छन् ।
‘आजको द्रुतगतिको संसारमा प्रजनन क्षमता धेरै कारकहरूद्वारा प्रभावित हुन सक्छ जसमा उच्च स्तरको तनाव, अस्वस्थ जीवनशैली, ढिलो विवाह र थप अन्य कुराहरू समावेश छन् । यद्यपि यी चुनौतीहरूको बीचमा बाँझोपनलाई चिकित्सा अवस्थाको रूपमा पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ । समयमै समस्याको पहिचान गरी आईभीएफ जस्ता सटीक उपचारद्वारा हामी दम्पतीहरूलाई उनीहरूको अभिभावकत्वको सपना साकार पार्ने आशा प्रदान गर्न सक्छौं ।’ कन्सल्ट्यान्ट स्त्रीरोग विशेषज्ञ र इन्दिरा आईभीएफकि आईभीएफ विशेषज्ञ डा. मनिषा आचार्यले थपिन् ।
इन्दिरा आईभीएफले हालसालै पुष्टि गरेका सकारात्मक गर्भावस्थाका केसहरू एउटा कोसेढुङ्गाको रूपमा अङ्कित छ जसले जटिल प्रजनन अवस्थाहरूको व्यवस्थापन गर्न क्लिनिकको विशेषज्ञता र आमाबाबुको सपना साकार पार्ने अटल प्रतिबद्धतालाई थप बलियो बनाउँछ।
टेक्नोलोजी–संचालित क्लिनिकको रूपमा इन्दिरा आईभीएफ उपचारहरूको सुरक्षा, शुद्धता र दक्षता बढाउन ‘क्लोज्ड वर्किङ चेम्बर टेक्नोलोजी’ जस्ता अत्याधुनिक प्रविधिहरूलाई एकीकृत गर्दै आईभीएफ उपचारमा नवप्रवर्तनको प्रयोग गर्न अग्रसर छ ।
क्लिनिक आशा गर्दछ कि यी सफलताका कथाहरूले बाँझोपनका चुनौतीहरूको सामना गरिरहेका अन्य धेरै दम्पतीहरूलाई पनि प्रेरित गर्नेछ र उनीहरूलाई विशेषज्ञ चिकित्सा मार्गदर्शन र दृढ संकल्पले नै अभिभावकत्वको सपना वास्तविकतामा परिणत हुन सक्छ भन्ने कुरा बुझ्न समेत मद्दत गर्नेछ ।
FACEBOOK COMMENTS