झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर विजयी भएकी छिन् । निर्वाचन अधिकृतको कार्यालयलयका अनुसार उनले ६० हजार ११० मत प्राप्त गरिन ।
सो क्षेत्रमा उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एमालेका देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरे । यहाँ श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले सात हजार २९१, नेपाली कांग्रेसकी सरिता प्रसाईँले पाँच हजार ६१६, राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रप्रसाद नेपालले तीन हजार ९६६ मत प्राप्त गरे ।
यस क्षेत्रमा कुल एक लाख ४७ हजार ५२२ मतदाता रहेकामा ९६ हजार ४३६ मत खसेको थियो । यस क्षेत्रमा १५ वटा राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी जम्मा १८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।
FACEBOOK COMMENTS