काठमाडौँ । लेबनानमा संयुक्त राष्ट्र संघका शान्ति सैनिकमाथि भएको आक्रमणमा तीन शान्ति सैनिकको मृत्यु भएको छ ।उक्त घटनामा तीन जना इन्डोनेशियाली सैनिकको ज्यान गएको हो । सो घटनाको इन्डोनेशियाले कडा निन्दा गरेको छ ।
इन्डोनेशियाका विदेश मन्त्री सुगियोनोले घटनालाई जघन्य अपराध भन्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् । उनले संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेससँग कुराकानी गर्दै घटनाको छिटो, निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेका छन् ।
इन्डोनेशियाले फ्रान्सको पहलमा बोलाइएको संयुक्त राष्ट्र सुरक्षा परिषदको आपतकालीन बैठकलाई पनि समर्थन जनाएको छ ।
संयुक्त राष्ट्रका अनुसार दुई सैनिकको मृत्यु सामग्री ढुवानी गरिरहेको काफिलामाथि भएको विस्फोटमा भएको हो भने अर्का एक सैनिकको मृत्यु शान्ति मिसनको आधार शिविरभित्र भएको विस्फोटमा भएको बताइएको छ ।