काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड शेयरिङलाई कानुनी मान्यता दिएको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले आजदेखि देशभर यातायात सेवा ठप्प पारेपछि पठाओ, इनड्राइभलगायत मोबिलिटी सेवाप्रदायकले लुट मच्चाएका छन् ।
यसैबीच, यात्रुबाट बढी भाडा असुल गर्ने इनड्राइभ चालकहरू कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कील त्यस्ता चालकलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो ।
यात्रुहरूको गुनासोका आधारमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट आठवटा सवारीसाधनसहित नियन्त्रणमा लिएर कारबाही गरेर छाडेको हो ।
गण्डकी प्रदेश सरकारले इनड्राइभ, पठाओलगायतका राइड शेयरिङ तथा सेल्फ ड्राइभलाई सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको छ । त्यसको विरोधमा यातायात व्यवसायीहरू आन्दोलनमा छन् ।
FACEBOOK COMMENTS