कठामाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अवान सर्भिस प्लेटफर्म इनड्राइभले ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ ।
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आफ्नो प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको हो ।
जुन २३ देखि जुलाई १३ सम्म चलेको यो अभियानमा ड्राइभर पार्टनर्सबाट उत्साहजनक प्रतिक्रिया र सहभागिता रहेको कम्पनीले जनाएको छ । क्याम्पेन साप्ताहिक च्यालेन्ज, रोमाञ्चक पुरस्कारहरू र दुई मेगा ग्रान्ड पुरस्कारहरूमार्फत इनड्राइभका सबैभन्दा प्रतिबद्ध ड्राइभर पार्टनर्सलाई पहिचान गर्न र पुरस्कृत गर्न डिजाइन गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले दिएको जानकारी अनुसार क्याब ड्राइभर श्रेणीमा शुभराज सुनुवार (टाटा एक्स्प्रेस–टी ईभी) र बाइक (मोटो) राइडर श्रेणीतर्फ जित थापा (टीभीएस राइडर) ले उक्त पुरस्कार जितेका छन् ।
दुबै विजेताहरूलाई तीनवटै च्यालेन्ज विक्समा निरन्तर प्लेटिनम स्थिति कायम राख्ने र भव्य पुरस्कारहरूको लागि योग्य हुन सबै योग्यता मापदण्डहरू पूरा गर्ने चालकहरूको समूहबाट छनोट गरिएको थियो । यो घोषणा जुलाई २० मा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानलमार्फत लक्की–ड्रमार्फत प्रत्यक्ष प्रसारणमा गरिएको थियो ।
यसैबीच कम्पनीले थप ड्राइभर पार्टनर्सलाई साप्ताहिक पुरस्कारहरू वितरण गरेको छ । जस अनुसार १५ जनालाई ‘वान प्लस नोर्ड सीई–पोर लाइट’ स्मार्ट फोन, ३० जनालाई ‘अल्टिमा अटोम १९२’ एअर वड र ३० जनालाई ‘अल्टिमा नोभा प्रो’ स्मार्टवाच दिइएको कक्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS