काठमाडौं । विश्वव्यापी मोबिलिटी र शहरी सेवा प्लेटफर्म इनड्राइभले नेपालमा सामाजिक उत्तरदायित्वअन्तर्गत ‘राइड टु सपोर्ट’ अभियान सुरु गरेको छ।
यस अभियानमार्फत मे महिनाभर देशभर संचालित प्रत्येक तेस्रो सवारी सेवाबाट संकलित भाडाको १० प्रतिशत रकम स्थानीय प्राथमिक विद्यालयका खेलकुद संरचना तथा सुविधाको सुधारमा खर्च गरिनेछ।
यस पहलले विद्यालयका बालबालिकालाई बास्केटबल, ब्याडमिन्टन, र फुटसल जस्ता खेलका लागि आवश्यक सामग्री उपलब्ध गराउने लक्ष्य राखेको छ। साथै, खेलमैदानको मर्मत तथा संरचनागत सुधारमार्फत उनीहरूको शारीरिक तथा सामाजिक विकासमा टेवा पुर्याइनेछ।
इनड्राइभकी एपीएसी कम्युनिकेसन लीड पावित नन्द आनन्दका अनुसार, यो अभियानले समुदायमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ। ूप्रत्येक राइड केवल यात्राको माध्यम नभई, सामाजिक परिवर्तनतर्फको सार्थक पाइला हो,ू उनले भनिन्।
अभियानले शिक्षा, स्वास्थ्य र खेलकुदमा समान अवसरको पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको छ। यसमार्फत सेवाबाट वञ्चित समुदायका बालबालिकालाई समावेशी विकास र सशक्तीकरणको अवसर प्राप्त हुने विश्वास लिइएको छ।
इनड्राइभले सबै प्रयोगकर्तालाई ‘राइड टु सपोर्ट’ अभियानमा सहभागी भई उज्वल र निष्पक्ष भविष्य निर्माणमा हातेमालो गर्न आह्वान गरेको छ। ूतपाईंको एउटा सानो राइडले पनि ठूला परिवर्तनको बीउ रोप्न सक्छ,ू कम्पनीले भनेको छ।
FACEBOOK COMMENTS