काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म, इनड्राइभले बाढी र पहिरोबाट विस्थापित परिवारहरूका लागि तयार पारिएका दिगो प्रकृतिका नयाँ घरहरूको साँचो आधिकारिक रूपमा हस्तान्तरण गरेको छ ।
यस पहल अन्तर्गत इनड्राइभले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँगको सहकार्यमा निर्माण गरिएका पाँचओटा घरको साँचो सम्बन्धित परिवारहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरेको बताएको छ । यो अभियानमा, प्रभावित भएका घरपरिवारहरूलाई अत्यावश्यक सामग्रीहरूको वितरण पनि गरिएको जनाइएको छ ।
नवनिर्मित घरहरू बाढी र पहिरो पीडितहरूको विशिष्ट आवश्यकताहरूलाई सम्बोधन गर्न स्थानीय समुदायसँगको परामर्शमा तयार गरिएको हो । बाँस र माटो प्रयोग गरेर निर्माण गरिएका घरहरूले दिगोपन र सांस्कृतिक प्रासंगिकता दुवैप्रति प्रतिबद्धता दर्शाउँछ, जसले परिवारहरूलाई स्थानीय परिस्थितिहरूको सामना गर्न डिजाइन गरिएको टिकाउ, र वातावरणीयरूपमा उपयुक्त संरचनाहरू प्रदान गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS