काठमाडौं । इन ड्राइभरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आर्सेन टम्स्कीको पुस्तक ‘इन ड्राइभर, साइबेरियादेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक भएको छ ।
अंग्रेजी, स्पेनिस, पोर्चुगिजपछि टम्स्कीको पुस्तक नेपाली भाषामा सार्वजनिक भएको हो । पुस्तक सार्वजनिक गर्दै संस्थापक टम्स्कीले आफ्नो व्यावसायिक अनुभव विभिन्न देश र भाषाका पाठकसँग साट्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘इन ड्राइभर मेरो व्यक्तिगत र भावनात्मक यात्रा पनि हो । यसको बारेमा अनुभव बाँड्न पाउनु मेरो लागि असाध्यै गर्वको विषय हो ।’
पुस्तकमा टम्स्कीको साइबेरियाको कठोर जीवनदेखि व्यावसायिक यात्राको फड्कोसम्म समटेको छ । पूर्वी साइबेरियाको दुर्गम गाउँमा जन्मिएका टम्स्कीले अथाह मिहिनेत, लगनशीलता र दृढ विचारले गर्दा यो उचाइँ चुमेको पुस्तकमा उल्लेख गरिएको छ ।
टम्स्कीले खोलेको इन ड्राइभरले ४० देशमा सेवा दिइरहेको छ । यसले यातायात, ढुवानी, कुरियरजस्ता सेवा दिँदै आएको छ ।
FACEBOOK COMMENTS