काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले उद्योगहरू देशको मेरुदण्ड भएको बताएका छन् ।
चुनावी अभियानको क्रममा उदयपुर पुगेका उनले उदयपुर सिमेन्ट उद्योग अगाडि खिचिएको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन् उद्योगहरू देशका मेरुदण्ड हुन् ।
उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ।
उदयपुर सिमेन्ट जस्तो उद्योगलाई राज्यले संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।
FACEBOOK COMMENTS