काठमाडौं । अप्रिल १ देखि इन्फिनिक्स मोबाइलले सबै ग्राहकलाई उत्तम गुणस्तरको आश्वासन दिने नयाँ योजना ल्याएको छ। ग्राहकहरूले इन्फिनिक्सको स्मार्टफोनहरूमा अब १५ महिनाको लामो वारेन्टी पाउने छन्।
यो नयाँ वारेन्टी योजनाले हाम्रो उत्पादनको राम्रोपन र विश्वासिलोपन देखाउँछ। इन्फिनिक्स मोबाइलले बिक्रीमा मात्र केन्द्रित नभएर फोनहरूको गुणस्तरमा पनि ध्यान दिने कम्पनीले दाबी गरेको छ।
उपभोक्ताहरू आजकल नवीनता र विश्वसनीयताको खोजीमा छन्। इन्फिनिक्स मोबाइलको लामो वारेन्टीले ग्राहकहरूलाई त्यो विश्वास दिने काम गर्दछ।
इन्फिनिक्स मोबाइलले स्मार्टफोन दुनियाँ भरीका उपभोक्ताका आवश्यकताहरूमा ध्यान दिएर उपभोक्ताहरूलाई सबैभन्दा नवीन र प्राविधिक उत्पादनहरू प्रदान गर्ने प्रतिबद्धता गर्दछ।
इन्फिनिक्स मोबाइलले युवाहरूलाई उत्कृष्ट प्रविधि र अन्य थप सुविधाहरूसहितको शानदार स्मार्टफोन उपलब्ध गराउँदै छ, जसले युवाहरूको जीवनलाई सजिलो र सुन्दर बनाउन मद्दत गर्दछ।
FACEBOOK COMMENTS