काठमाडौं । इन्फिनिक्स नेपालले निकै सस्तो मूल्यमा पावरफुल र स्टाइलिश मोबाइलफोन नेपाली बजारमा ल्याएको छ ।
‘बबाल फोन’ नाम दिएर बजारमा ल्याइएको यो मोबाइल फोन जेन–जी पुस्तालक्षित छ । गेम खेल्ने, पढाइसँगै अन्य रचनात्मक काम गर्ने, फेसन एण्ड ट्रेण्ड पछ्याउनेहरू र आफ्नो मोबाइलबाट फरक देखिन चाहानेहरूका लागि उपयुक्त रहेको कम्पनीले बताएको छ ।
४५ वाट फास्ट चार्ज, ५,१६० एमएएच को पाँच वर्ष आरामले टिक्ने ब्याट्री, हेलियो जी८१ अल्टिमेट चिपसेट, वान ट्याप इन्फिनिक्स एआई, ग्यारोप्रो नेभिगेसन, स्टाइलिश ट्रिपल क्यामेरा सेटअप र ७.७ एमएमको स्लिम बडी र कलर–पप लुक्स यो फोनको मुख्य विशेषताहरू हुन् ।
४ जीबी र्याम र १२८ जीबी स्टोरेज र ६ जीबी र्याम र १२८ जीबी स्टोरेजमा उपलब्ध यो फोनको मूल्य क्रमश: १४ हजार ९९९ र १५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
यो फोन खरिदमा १८ महिनाको वारेन्टी, १०० दिनभित्र एकपल्ट फ्री स्क्रिन चेञ्जलगायत अफरहरू पनि समावेश गरिएको कम्पनीको भनाइ छ ।
FACEBOOK COMMENTS