काठमाडौं । इन्फिनिक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन इन्फिनिक्स हट ७० सार्वजनिक गरेको छ ।
आकर्षक डिजाइन, कृत्रिम बौद्धिकतामा आधारित सुविधा, शक्तिशाली कार्यसम्पादन तथा लामो समय टिक्ने ब्याट्रीसहित ल्याइएको यो स्मार्टफोनले किफायती मूल्यमा प्रिमियम अनुभव दिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार हट ७० मा १२० हर्जको अल्ट्रा–ब्राइट डिस्प्ले, मिडियाटेक हेलियो जी–१०० अल्टिमेट प्रोसेसर, विभिन्न कृत्रिम बौद्धिकता (एआई) सुविधा तथा उच्च मजबुती प्रदान गर्ने विशेषता समावेश गरिएको छ ।
६ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ३१ हजार ९९९ रुपैयाँ तथा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ३४ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । फोन थर्मो अरेन्ज, क्वाइट भायोलेट, ग्रिन टेक्स्चर, नाइट पल्स, सिल्भर डान्सर र डाइभ ब्लु गरी छ रंगमा उपलब्ध हुनेछ ।
स्मार्टफोनमा दैनिक प्रयोगलाई सहज बनाउने विभिन्न एआई सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ । फ्ल्यासमेमोमार्फत आवश्यक जानकारी सुरक्षित गर्न सकिने, माइन्डहबमार्फत त्यसलाई व्यवस्थित रूपमा राख्न सकिने तथा एआई सर्च, एआई थिम जेनेरेटर, एआई सजेसन, एआई इरेजर, एआई एक्सटेन्डर, गीत पहिचान, कागजात स्क्यान तथा फोल्याक्स एआई सहायकजस्ता सुविधा उपलब्ध छन् ।
मिडियाटेक हेलियो जी–१०० अल्टिमेट प्रोसेसरद्वारा सञ्चालित यो स्मार्टफोनले गेम खेल्ने, एकैपटक धेरै काम गर्ने, भिडियो हेर्ने तथा दैनिक प्रयोगमा सहज र तीव्र कार्यसम्पादन गर्ने कम्पनीको दाबी छ । साथै ७२ महिनासम्म सहज कार्यसम्पादन सुनिश्चित गर्ने प्रमाणीकरणसमेत रहेको जनाएको छ ।
फोनमा ६.७८ इन्चको १२० हर्ज रिफ्रेस रेटयुक्त अल्ट्रा–ब्राइट डिस्प्ले तथा ’अलवेज अन डिस्प्ले’ सुविधा रहेको छ । यसले उज्यालो घाममा समेत स्पष्ट दृश्य अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
६ हजार एमएएच क्षमताको ब्याट्री, ४५ वाट द्रुत चार्जिङ तथा बाइपास चार्जिङ सुविधा समावेश गरिएको यो स्मार्टफोनले लामो समय प्रयोग गर्न सकिने र गेम खेल्दा अत्यधिक तापक्रम नियन्त्रणमा सहयोग पुग्ने कम्पनीको भनाइ छ ।
फोनमा ५० मेगापिक्सेलको कृत्रिम बौद्धिकतायुक्त पछाडिको क्यामेरा र ८ मेगापिक्सेलको अगाडिको क्यामेरा दिइएको छ । साथै लाइभ फोटो, एआई इरेजर तथा एआई एक्सटेन्डरजस्ता सुविधा पनि उपलब्ध छन् ।
इन्फिनिक्स हट ७० मा धुलो तथा पानीको छिटाबाट सुरक्षा दिने आईपी–६५ मापदण्ड, एसजीएस पाँच–तारे ड्रप रेसिस्टेन्स प्रमाणिकरण तथा सैन्यस्तरको मजबुती उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार स्मार्टफोनमा पाँच वर्षसम्म सफ्टवेयर अद्यावधिक तथा चयनित भेरियन्टमा तीनपटकसम्म एन्ड्रोइड अपरेटिङ प्रणाली स्तरोन्नति उपलब्ध हुनेछ ।
इन्फिनिक्सले हट ७० लाई शून्य प्रतिशत ब्याजदरको किस्ता सुविधा मार्फत पनि बिक्री गर्ने जनाएको छ । यसअन्तर्गत ग्राहकले मासिक एक हजार ६ सय रुपैयाँदेखि किस्ता तिरेर स्मार्टफोन खरिद गर्न सक्नेछन् । यसका लागि वैध नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य हुने कम्पनीले जनाएको छ ।
इन्फिनिक्स हट ७० नेपालभरका आधिकारिक इन्फिनिक्स विक्रेता तथा स्मार्टफोन पसलमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।