काठमाडौं । सन्२०२६ को सुरुवातसँगै इन्फिनिक्स नेपालले सन्२०२५ मा हासिल गरेको उपलब्धिलाई गर्वका साथ सार्वजनिक गरेको छ । गत वर्ष ब्रान्डले सेल–आउटमा १३ प्रतिशत को उल्लेखनीय वृद्धि गर्दै देशभरका बजारमा माग र खुद्रा कारोबार दुवैलाई मजबुत बनाएको छ ।
सन्२०२५ का प्रमुख उपलब्धिहरू यसप्रकार रहेका छन्:
खुद्रा बजारमा राम्रो गति – स्टोरस्तरमा बिक्री प्रक्रिया बलियो र ग्राहकसँगको सम्पर्क अझ
प्रभावकारी वितरण सञ्जाल विस्तार – राष्ट्रिय तथा क्षेत्रीय वितरकहरूसँग सहकार्य थप मजबुत
उपभोक्ता विश्वासमा वृद्धि – युवामैत्री, उच्च प्रदर्शन दिने स्मार्टफोनप्रति आकर्षण बढ्दो
“इन्फिनिक्स नेपालको सन्२०२५ को नतिजाले हाम्रो स्पष्ट लक्ष्य र अनुशासित कार्यशैली देखाउँछ,”
कम्पनीकोकन्ट्री म्यानेजर पियुष गिरीले भन्नुभयो। “हामीले बजारमा फोन उपलब्ध गराउनु मात्रै
होइन, हरेक स्टोरमा बिक्रीको गुणस्तर र बजारको मागअनुसार छिटो प्रतिक्रिया दिनेलाई पनि
प्राथमिकता दिएका छौँ । यही गतिले सन्२०२६ का लागि बलियो आधार तयार गरेको छ ।”
सन्२०२५ भरि क्ष्लाष्लष्ह ले विशेष रूपमा यी क्षेत्रमा ध्यान दिएको थियो:
बजारमा छिटो सक्रियता
डिलर र रिटेल पार्टनरलाई थप सहयोग
युवालाई लक्षित ब्रान्ड र उत्पादन प्रस्तुति
गेमिब र उच्च प्रदर्शन केन्द्रित स्मार्टफोन विकास
यसै क्रममा कम्पनीले उत्पादन आपूर्ति ३५प्रतिशतले बढाउँदै केन्द्रीय, पश्चिमी र पूर्वी क्षेत्रसम्म आफ्नो पहुँच विस्तार गरेको छ । यसले बजारमा फोनको उपलब्धता बढाउनुका साथै बढ्दो मागलाई छिटो र प्रभावकारी रूपमा पूरा गर्न सहयोग गरेको छ ।
सन् २०२६ सुरु भएसँगै इन्फिनिक्स नेपालले बिक्रीको गतिलाई अझ तीव्र बनाउने, बजार कभरेजलाई अझ व्यवस्थित गर्ने र नेपालका बढ्दो स्मार्टफोन प्रयोगकर्तालाई गुणस्तरीय र किफायती प्रविधिनिरन्तर उपलब्ध गराउने लक्ष्य लिएको छ । अबको यात्रा स्पष्ट छ — अझ स्मार्ट विस्तार, अझ बलियो कार्यान्वयन र दीगो बजार नेतृत्व रहेको जनाएको छ ।

FACEBOOK COMMENTS