सुर्खेत। सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोली सुर्खेत पुगेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान जिल्लाबाटै पूरा भएको बताउँदै घटनाको थप तथ्य पत्ता लगाउन सीआइबीको सहयोग लिएको हो।
प्रहरी निरीक्षकको कमान्डमा रहेको ब्युरोको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए।
उनका अनुसार घटनासँग सम्बन्धित मोबाइलसहितका विभिन्न विद्युतीय सामग्री अनुसन्धानका लागि प्रयोगशालामा पठाइएको छ।
पीडित र शंकास्पद पक्षसँग सम्बन्धित सामग्री केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टेककोलोजिकल र बायोसेरोलोजिकल परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ।
यसैबीच, कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट पोलिग्राफ परीक्षण गर्ने टोली पनि सुर्खेत पुगेको छ। पोलिग्राफ परीक्षणबाट बयानको सत्यता जाँच गर्न सहयोग पुग्ने प्रहरीको भनाइ छ।

FACEBOOK COMMENTS