काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने बीमकहरुले मंसिर महिनासम्म ७ प्रदेशमा ५९ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार प्रदेश नम्बर १ को हिस्सा मात्रै ६ अर्ब ९६ करोड ४० लाख रुपैयाँ रहेको छ । सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने प्रदेशमा बाग्मती प्रदेशको रहेको छ । यस प्रदेशले २७ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ । सबैभन्दा कम बीमा शुल्क आर्जन गर्ने प्रदेशमा कर्णाली प्रदेश रहेको छ ।
यस प्रदेशले २ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । त्यसपछी सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने प्रदेशमा लुम्बिनी प्रदेश रहेको छ । यस प्रदेशको ८अर्ब ३ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ ।
गण्डकी प्रदेशले ५ अर्ब ८५ करोड ९८ लाख रुपेैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, मधेश प्रदेशकोे ५ अर्ब २८ करोड २२ लाख रुपैयाँ रहेको छ । २ करोड ९६ करोड २८ लाख रुपैयाँ सुदुरपश्चिम प्रदेशले बीमा शुल्क आर्जन गरेको छ ।
मंसिर महिनासम्म लघुबीमा कम्पनीको हिस्सा ९५ करोड ३१ लाख रुपैयाँ रहेको छ भने बैदेशिक बिमा शुल्कको हिस्सा १ अर्ब ४३ करोड ९४ लाख रहेको छ । जसमा प्रदेश नम्बर एक, मधेश , लुम्बिनी, कर्णाली, सुदुर पश्चिमकाे बैदेशिक बीमा शुल्क शिर्षकमा शुन्य सहभागिता रहेको छ ।
FACEBOOK COMMENTS