काठमाडौं । गत असोज १८ गतेयताको अविरल वर्षा तथा बाढी–पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्म एक करोड १४ लाख रुपैयाँ भुक्तानी भएको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म परेका ७४४ प्रारम्भिक बीमा दाबीको कुल करिब ३ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ दाबी रकममध्ये हालसम्ममा करिब एक करोड १४ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी भएको हो ।
जसमा विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक जानकारीअनुसार निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ ४०५ वटा दाबीको दाबी रकम करिब ३ अर्ब २१ करोड ५० लाखम्रध्ये करिब ६४ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०४ वटा दाबीको करिब ४७ करोड ६६ लाखमध्ये करिब १ लाख ५४ हजार, कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीको करिब ४ करोड १४ लाखमध्ये करिब १ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको करिब २ करोड ८२ लाखमध्ये करिब ४८ लाख बीमितलाई भुक्तानी भएको प्राधिकरणले जानकारी दिएको छ ।
त्यस्तै, मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिब १ करोड ८ लाख, अन्य बीमातर्फको २ वटा दाबीको करिब १२ र सामुद्रिक बीमातर्फ ३ वटा दाबीको करिब १० को बीमा दाबी भुक्तानी सुरू नभएको प्राधिकरणले जनाएको छ ।
FACEBOOK COMMENTS