काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार यही जेठ २१ गतेदेखि हुने भएको छ ।
यी दुई कम्पनीबीच मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा भएसँगै अजोड युनाइटेड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुने भएको हो ।
युनाइटेड इन्स्योरेन्सको १०० कित्ता सेयर बराबर अजोडको ०.८२ कित्ता कायम गरी दुई कम्पनी मर्जरमा गएका हुन ।
यी दुई कम्पनीबीच २०७९ पुस २६ गते मर्जरमा जाने सैद्धान्तिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
त्यस्तै नेपाल बीमा प्राधिकरणले दुई कम्पनीलाई पुस २९ गते मर्जरका लागि सैद्धान्तिक सहमति दिएको थियो ।
हाल युनाइटेडको चुक्ता पूँजी एक अर्ब दुई करोड रहेको छ भने अजोडको चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS