काठमाडौं । वाणिज्य बैंकहरुको नयाँ ब्याजदर आजदेखि लागू हुने भएको छ । कात्तिकका लागि धेरै वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । केही बैंकहरुले असोजकै ब्यजादरलाई निरन्तरता दिएका छन् भने सानिमा बैंकको ब्याज बढाएको छ ।
औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर कात्तिक महिनाका लागि ६.१८ प्रतिशत कायम भएको छ । असोजमा औसत ब्याजदर ६.३८ प्रतिशत कायम भएको थियो । औसतमा हेर्दा १ महिनामा २० बैंकहरुको औसत ब्याजदर ०.१९ प्रतिशत बिन्दुले घटेको छ ।
१ महिनाको अवधिमा १० बैंकको ब्याजदर घटेको छ भने ९ बैंकले असोज महिनाकै ब्याजदरलाई कात्तिकमा पनि निरन्तरता दिएका छन् । सानिमा बैंकले भने कात्तिकका लागि ब्याजदर बढाएको छ । उक्त बैंकले ६.१५ प्रतिशत रहेको छ । सिटीजन बैंकको ५.७५, नेपाल बैंकको ५.९५,एभरेष्ट बैंक ६ प्रतिशत,लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक,कुमारी बैंक ६.०१,ग्लोबल आइएमई बैंक, नबिल बैंकको ६.२५ प्रतिशत रहेको छ । नेपाल इन्भेष्टमेन्ट मेघा,स्ट्याण्डर्ड चार्टर्ड बैंक ६.५ प्रतिशत रहेको छ ।
एनआईसी एशिया बैंक ६.९९ प्रतिशत रहेको छ । माछामुच्छ्रे बैंकको ७ प्रतिशत रहेको छ ।कृषि विकास बैंक र राष्ट्रिय बैंक ५.७५, ५.८ प्रतिशत रहेको छ । प्रभु बैंकको ६.१ प्रतिशत निर्धारण गरेको छ भने नेपाल एसबीआइ बैंक र सिद्धार्थ बैंकको ६ प्रतिशत रहेको छ । हिमालयन बैंकको ६.२५,एनएमबी बैंक ६.५ प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS