काठमाडाैं । अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएसँगै बैंकहरूको ब्याजदर पनि घटेको हो ।
साउन महिनाका लागि ब्याजदर घटाएका बैंकहरूमध्ये नेपाल बैंकले ५.४०%, कृषि विकास बैंकले ५.४०%, लक्ष्मी सनराइज बैंकले ५.५०%, प्रभु बैंकले ४.२५%, सिटिजन्स बैंकले ५.५०%, एभरेष्ट बैंकले ६.२५%, कुमारी बैंकले ५.४१%, प्राइम बैंकले ६.००%, राष्ट्रिय वाणिज्य बैंकले ५.५०% र नेपाल एसबीआई बैंकले ५.३५% ब्याजदर कायम गरेका छन् । असार महिनामा यी बैंकहरूका ब्याजदर ५.४५% देखि ६.५५% सम्म थियो ।
साउन महिनामा ब्याजदर बढाउने बैंकहरूमा हिमालयन बैंक र सानिमा बैंक छन् । हिमालयन बैंकले ५.५०% बाट ६.००% र सानिमा बैंकले ६.३३% बाट ६.५०% ब्याजदर वृद्धि गरेका छन् ।
साउन महिनामा ब्याजदर स्थिर राख्ने बैंकहरूमा माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन् । व्यक्तिगत मुद्दती निक्षेपमा साउनमा पनि माछापुच्छ्रे बैंकले ६ प्रतिशत, सिद्धार्थ बैंकले ५.७५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, एनएमबी बैंकले ६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत ब्याज दिनेछन् ।
FACEBOOK COMMENTS