काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ । संघको बुधबार ब्याजदर घटाउने निर्णय गरेको हो ।
माघ १ गतेदेखि लागू हुनेगरी ब्याजदर घटेको हो । संघका अनुसार माघ १ गतेदेखि लागू हुनेगरी १.१३ प्रतिशत ब्याज घटाउने निर्णय भएको छ ।
यो सँगै नयाँ ब्याजदर ११ प्रतिशत हुने भएको छ । हाल बैंकहरुले व्यक्तिगत मुद्दतीमा १२.१३ प्रतिशत ब्याज दिने गरेका थिए भने संस्थागत मुद्दतीमा १०.१३ प्रतिशत दिने गरेका थिए ।
FACEBOOK COMMENTS