काठमाडौं । वाणिज्य बैंकहरुले आजदेखि ब्याजदर घटाउने भएका छन् ।
वाणिज्य बैङ्कहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएसनको गत बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आजदेखि ब्याजदर घट्ने भएको हो ।
संघका अनुसार आजदेखि लागू हुनेगरी १.१३ प्रतिशत ब्याज घटनेछ । यो सँगै नयाँ ब्याजदर ११ प्रतिशत हुने भएको छ । हाल बैंकहरुले व्यक्तिगत मुद्दतीमा १२.१३ प्रतिशत ब्याज दिने गरेका थिए भने संस्थागत मुद्दतीमा १०.१३ प्रतिशत दिने गरेका थिए ।
पछिल्लो समय बैङ्किङ प्रणालीमा तरलता थपिएकाले ब्याजदर घटाउने अवस्था आएको निष्कर्षमा बैङ्करहरू पुगेसँगै यस्तो निर्णय आएको हो । सोसिएसनका अनुसार नियामक नेपाल राष्ट्र बैङ्कको निर्देशिका अनुसार ब्याजदर घटाउने निर्णय गरिएको हो ।
राष्ट्र बैङ्कको निर्देशिकाअनुसार बैङ्क तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन् । सोहीअनुसार अजादेखि ब्याजदर घटाएका हुन् । निक्षेपको ब्याज घटेसँगै बैङ्कहरूले आधार दर परिवर्तन हुने भएकाले आधार दरका आधारमा कर्जाको पनि ब्याजदर घट्ने छ ।
बैंकको ब्याजदर घटेसँगै त्यसको प्रभाव सेयर बजारमा पर्ने जानकारहरुको बुझाई छ ।
FACEBOOK COMMENTS