काठमाडौं । भारतमा कर्जाको ब्याजदर बढ्ने भएको छ ।
भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले बुधवार रिपोदर वृद्धि गरेपछि बैंकहरूमा कर्जाको ब्याजदर महँगो हुने भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
आरबीआईले बुधवार मौद्रिक नीतिको समीक्षा गर्दै रिपोदर शून्य दशमलव २५ बिन्दुले बढाएको हो । यो १० महीनायता केन्द्रीय बैंकले गरेको रिपोदरको छैटौं वृद्धि हो ।
बैंकको मौद्रिक नीति समितिको सोमवारदेखि बुधवारसम्म चलेको बैठकले आर्थिक वर्ष २०२२र२३ को अन्तिम नीतिगत समीक्षामा रिपोदर बढाएको हो । समितिका ६ सदस्यमध्ये ४ जनाले रिपोदर बढाउने पक्षमा भोटिङ गरेका थिए ।
पछिल्लो वृद्धिसँगै रिपोदर ६ दशमलव ५ प्रतिशत पुगेको छ । आरबीआईले यसअघि अघिल्लो महीना शून्य दशमलव ३५ प्रतिशतले रिपोदर बढाएको थियो । २०२२ को मेमा रिपोदर ४ प्रतिशत थियो । गएको १० महीनामा रिपोदर साढे २ प्रतिशतले बढेर साढे ६ प्रतिशत भएको छ । पछिल्लो ३ ओटा बैठकमा रिपोदर क्रमशस् ३०, ५० र ३५ प्रतिशतले बढेको छ ।
रिजर्भ बैंकले महँगी र बजारमा नगद प्रवाह कम गर्न रिपोदर बढाएको बताएको छ । रिपोदर भनेको रिजर्भ बैंकले अन्य वाणिज्य बैंकलाई ऋण दिने दर हो । त्यसले रिपोदर बढेसँगै सबै बैंकमा कर्जाको ब्याजदर बढ्छ । यसैगरी आरबीआईले मार्जिनल स्ट्यान्डिङ फेसिलिटी (एमएसएफ) पनि ६.५ प्रतिशतबाट बढाएर ६.७५ प्रतिशत पुर्याएको छ । यस्तै केन्द्रीय बैंकले आर्थिक वर्ष २०२२/२३ का लागि भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS