काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भोली टेलिफोन वार्ता हुने भएको छ ।
२१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि आवश्यक सहायता र पुनर्निर्माणमा सहयोगलगायतका विषयमा कुराकानी हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटमा राजदूत श्रीवास्तवले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा कार्कीलाई भारतका प्रधानमन्त्री मोदीले पठाएको बधाई सन्देश सुनाएका थिए ।
भेटमा उनले दुई छिमेकी देशहरू बीचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ पार्न सँगै काम गर्ने भारतको प्रतिबद्धता व्यक्त गरेका थिए ।
FACEBOOK COMMENTS