काठमाडौं । चालू आर्थिक वर्षको सुरुदेखि नै सङ्कुचित वैदेशिक व्यापारले मङ्सिरमा पनि निरन्तरता पाएको छ । भन्सार विभागले सार्वजनिक गरेको मङ्सिरसम्मको तथ्याङ्कअनुसार समीक्षा अवधिसम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार दुई खर्बभन्दा बढीले घटेको छ ।
विभागका अनुसार मङ्सिरसम्म नेपालले कुल सात खर्ब ३२ अर्ब रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । जब कि गत आर्थिक वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार नौ खर्ब ४१ अर्ब रुपियाँ नाघेको थियो । आयातमा भएको गिरावटले कुल अन्तर्राष्ट्रिय व्यापारको आकार नै घटाएको तथ्याङ्कले देखाउँछ ।
विभागका अनुसार मङ्सिरसम्म नेपालले छ खर्ब ६४ अर्ब ७४ करोड रुपियाँको वस्तु आयात गरेको छ । गत वर्ष सोही अवधिसम्म नेपालले आठ खर्ब ३८ करोड रुपियाँको वस्तु आयात गरेको थियो । यस हिसाबले वस्तु आयात करिब एक खर्ब ७५ करोड रुपियाँले घटेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS