![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रालिले चियाको पारखी तथा नेपाली चियाको संस्कारलाई बिश्व बजारमा प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय स्तरको चिया स्वादलाई नेपालीहरू माझ चिनाउन दुबईको सुप्रसिद्ध चिया ब्रान्ड फिल्ली क्याफे नेपालमा भित्र्याएको छ ।
पहिलो आउटलेट १४ अप्रिल २०२३ मा काठमाडौंको लाजिम्पाटमा खुलेसँगै अहिले लाजिम्पाटलगायत ठमेल, बौद्ध तथा ललितपुरको पुलचोकस्थित लबिम मलमा यसको आउटलेट उपलब्ध छ ।
फिल्ली क्याफेको नाममा बजार विस्तार भइरहेको यो क्याफे फिल्ली क्याफेका संस्थापक सीईओ रहिफ फिल्लीले उद्घाटन गरे । उद्घाटन समारोहमा फिल्ली क्याफे नेपालका सञ्चालकद्धय नवीन खड्का र धुब्र रिजाल, फिल्ली क्याफे नेपालका महाप्रबन्धक बिक्की खड्का, विशेष अतिथी महानायक राजेश हमाल, विशेष अतिथि क्रिकेटर सोमपाल कामीलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
फिल्ली क्याफेले चियाको पारखीहरूका लागि चार वटा शाखामार्फत सेवा सञ्चालनमा ल्याएको छ । चाँडै नै पर्यटकीय नगरी पोखरामा समेत शाखा बिस्तार सहित आगामी पाँच वर्षमा नेपाल अधिराज्यभर २५ वटा भन्दा बढी शाखा सञ्चालनमा ल्याउने योजना रहेको फिल्ली क्याफे नेपालका सञ्चालक नविन खड्काले जानकारी गराए ।
युवाहरू विदेशिने बढ्दो क्रमलाई मध्यनजर गर्दै स्वदेशमै हस्पिट्यालिटी बिजनेशमा रोजगारीको अवसर सृजना गरी युवालाई स्वदेशमै स्वाबलम्बन हुन अभिप्रेरित गर्ने उद्धेश्य सहित दक्ष जनशक्ति र सिप अभिमुकीकरणका लागि फिल्लीका आउटलेटहरूले अवसर प्रदान गर्ने लक्ष्य कम्पनिले लिएको छ । यस बाहेक आफ्नै बेकरी उत्पादन, सेन्ट्रल किचेन र बारिस्टा कोर्सहरूको पनि तयारी गरिरहेको कम्पनीका सञ्चालक धु्रब रिजालले बताए ।
बढ्दो चिया संस्कृतिलाई आत्मसात गर्दै फिल्ली क्याफे आफनै विशेष स्वाद पस्कदै ग्राहकहरूको मन जित्न सफल भएको छ । जैविक उत्पादन र ताजा पारम्परिक तरिकामा पकाइएको खाना, उत्कृष्ट सेवा र आकर्षक इन्टेरिएर एवम् कोलाहल मुक्त वातारणले गर्दा आफु यस क्याफेको रेगुलर ग्राहक भएको बिशेष अतिथि महानायक राजेश हमालले बताए ।
रफिह फिल्लीले काठमाडौंमा फिल्ली क्याफे ल्याउन पाउँदा हर्षित छौं र चिया पारखीहरूका आकर्षक गन्तव्य बन्नेमा हामी ढुक्क रहेको बताए । आकर्षक इन्टेरिएर डिजाइन तथा समाजिक भेटघाट तथा शहरका पायक पर्ने स्थानहरूमा फिल्लीका आउटलेटहरू सञ्चालनमा आएका छन् जसले गर्दा चियाका पारखीकाहरूका लागि यो क्याफे विशेष रोजाइमा परेको छ ।
दुबई मा एक सानो स्थानीय क्याफेको रूपमा शुरू भई चिया प्रेमीहरूलाई सेवा गर्दै, हाल १५ ओटा देशहरूमा आफनो चेन बिस्तार तथा स्थापित गरिसकेको फिल्ली आज चियाको लागि प्रतिष्ठित नाम हो । आज, फिल्ली यस्को सिग्नेचर ’जाफ्रान टी’ को लागि परिचित छ, जुन चियाकोे अनुपम मिश्रण हो । साथै फिल्ली क्याफेले विभिन्न प्रकारका खाजा र पेय पदार्थहरू पनि समावेश गर्दछ । आइस्ड चिया, मिल्कशेक मकटेल, बन कबाब, स्यान्डविच, मोमो लगायतका मेनुले भारतीय तर मध्य पूर्वी खानाका स्वादहरूलाई पूरा गर्दछ । यूएई, ओमान, कतार, संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, भारत र मौरिससमा गरी करिब १५ ओटा देशहरूमा आफ्नो बलियो उपस्थितिको साथ अहिले नेपालमा चार वटा शाखासहित सञ्चालनमा रहेको फिल्ली क्याफे संसारभरि एक प्रसिद्ध र प्रिय चिया ब्रान्डको रूपमा परिचित छ ।
FACEBOOK COMMENTS