काठमाडौ । नेपाल इन्भेष्टर फोरमले पुँजी बजारमा निरन्तर गिरावट आएको भन्दै यसलाई रोक्न तत्काल ५ वटा काम गर्न सरोकारवाला निकायलाई आग्रह गरेको छ । फोरमले बजारको विकासको लागि भन्दै राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर धितो कर्जामा लगाएको ४ र १२ करोडको सिमा खारेज गर्न गरेको छ ।
यस्तै नयाँ ब्रोकर संख्या थप गरी वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकरको लाईसेन्स दिई उक्त बैंकहरुको देशभरका शाखाहरुबाट कारोबार गर्ने व्यवस्था गर्नुपर्ने, ब्रोकर मार्फत हुने मार्जिक कर्जा यथाशिघ्र उपलब्ध गराउनु पर्ने माग रहेको छ । साथै हालको कारोबार हेर्दा ब्रोकर कमिसन, अन्त्यन्त मंहगो भएको हु्नाले समय सापेक्ष अबिलम्ब समायोजन गर्न र पुँजी बजारलाई नियमन गर्ने धितोपत्र बोर्ड, नेप्से लामो समयदेखी निमित्तको भरमा चलेको हुँदा दुवै ठाँउमा योग्य व्यक्ति अबिलम्ब नियुक्ति गरी यथाशक्य चाँडो भन्दा चाँडो आम लगानीकर्ताको समस्या समाधान गर्न आग्रह गरेको छ । यो समस्या समाधान गर्ने हो भने अहिले बजार बढ्ने फोरमको दाबी छ ।
FACEBOOK COMMENTS