काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारसँग लगानीमैत्री वातावरण बनाउन माग गरेको छ ।
एनआरएनएका पदाधिकारीहरूले अर्थमन्त्री डा प्रकाशशरण महतसँग भेट गरी देशमा लगानीसम्बन्धी वातावरण बनाउन र नागरिकताको निरन्तरतालगायतका समस्या राखेका थिए ।
जवाफमा अर्थमन्त्री डा महतले देशमा लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, “नेपालमा अहिले लगानीको समस्या छ, सुरक्षित लगानीका लागि एनआरएनएको साथमा सरकार छ, सरकारले एनआरएनएलाई निराश हुने काम गर्दैन, लगानी गर्न चाहने साथी कुनै कारणबाट निरुत्साहित हुनुपर्दैन ।” लगानीमैत्री वातावरणमा समस्या भए आर्थिक ऐनमार्फत् सम्बोधन गरिने उनको भनाइ थियो ।
सो अवसरमा अर्थमन्त्री डा महतले पछिल्ला घटनापछि नागरिकताका विषयमा जटिलता आएको स्मरण गर्दै एनआरएनएको नागरिकताको हकमा संविधानमा भएको व्यवस्थालाई छिटो कार्यान्वयनमा नल्याउँदा व्यवहारिक कठिनाइ भएको बताए ।
FACEBOOK COMMENTS